फाकफोकथुममा गाडीले किचेर एक जनाको घट्नास्थलमानै मृत्यु


फाकफोकथुम, १६ पुसः इलामको फाकफोकथुममा आज विहान गाडीले किचेर एक जनाको मृत्यु भएको छ । फाकफोकथुम १ लुम्सुङदान स्थित भित्री सडक खण्डमा लुम्सुङदानबाट ईलाम तर्फ आउदै गरेको मे.१.ज. १७८६ नं को बलेरोलाई सोही ठाउँमा बस्ने बर्ष ७२ का सोम प्रसाद दुलाललाई उकालोमा गाडी रोकी चढ्ने क्रममा अचानक गाडीको ब्रेक फेल भई अनियन्त्रित भई सडकमा पल्टिदा सो बलेरोमा चढ्न लागेका सोम प्रसाद दुलाललाई उक्त गाडीले किचि घट्नास्थलमानै मृत्यु भएको हो ।  गाडीमा सवार ८ जना यात्रुलाई भने  केही भएको छैन । अहिले गाडी घट्नास्थलमै रहेको छ ।  गाडी चालक इलाम फाकफोकथुम १ बस्ने सन्तोष पौडेल  आमचोकको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता