काठमाडौंको तापक्रम शुन्यमा, देशैभरि तापक्रम घट्दो

काठमाडौँ, १६ पुसः काठमाडौं उपत्यकाको तापक्रम आज झनै घटेर चिसोको मात्रामा वृद्धि भएको छ । केही दिनयता लगातार घट्दै आएको यहाँको तापक्रम आज १ डिग्री सेल्सियसभन्दा पनि कम मापन भएको हो ।
आज बिहानै काठमाडौँ उपत्यकाको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो । तर बिहान पौने नौ बजे भने केही बढेर तापक्रम २ दशमलव ८ डिग्री मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केही दिनदेखि काठमाडौंको विहानको मौसम एक डिग्री सेल्सियस मापन भएको छ ।  जम्मु काश्मिर हुँदै पश्चिमी वायु हिमाली क्षेत्रबाट बहेर आएका कारण काठमाडौँ लगायत देशभरि यस वर्ष बढी जाडो महसुस भएको महाशाखाको भनाइ छ ।
उसो त देशैभरिको तापक्रम निरन्तर घटिरहेको छ भने केही भूभागहरुमा हल्का वर्षा र हिमपात भएको छ ।  उच्च पहाडी एवं हिमाली भेगमा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । तर, आज वर्षाको सम्भावना न्यून रहेको छ । मंगलबार र बुधबारसम्म भने देशका केही स्थानमा वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता