दुईको रहस्यमय मृत्यु

काठमाडौँ, १५ पुस : काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रहस्यमयरुपमा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका–३० भीमसेनस्थानस्थित शोभादेवी मानन्धरको घरमा बस्दै आएका झापा भद्रपुर नगरपालिका– १४ का ५० वर्षीय विजय वर्मा आज बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । काठमाडौँ शङ्करापुर नगरपालिका– ९ का ४५ वर्षीया शोभा केसीको पनि आजै रहस्यमयरुपमा मृत्यु भएको छ । आफ्नै घरमा अचेत अवस्थामा भेटिएकी केसीलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुवै घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
यसैबीच काठमाडौँ महानगरपालिका– ३२ जडीबुटीस्थित गणेशमाया श्रेष्ठको घरमा चाइनिज पेस्तोल देखाइ लुटपाट गर्दै गरेको अवस्थामा तीन जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ कङ्लकी बस्ने धादिङ गल्छीका ३३ वर्षीय अर्जुनप्रसाद अधिकारी, २५ वर्षीय केदारप्रसाद अधिकारी र काठमाडौँ चाबहिल बस्ने काभ्रेका अञ्जन उप्रेती छन् । 
श्रेष्ठको घरमा अपरिचित व्यक्ति प्रवेश गरेको सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले चाइनिज पेस्तोल एक थान, गोली एक राउण्ड, खुकुरी एक थानसहित उनीहरुलाई पक्राउ गरेको हो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता