मेची क्षेत्र पर्यटन महोत्सवको ७ औँ दिनसम्ममा पर्यटन भन्दा रमाइलो मेलामा मालामाल

इलामः इलाममा यहि पुस ५ गते देखि शुरुभएको मेची क्षेत्र पर्यटन महोत्सवका वुधबार ७ दिन भएको छ । सात दिन सम्म आइपुग्दा इलाम घुम्न आउने पर्यटकमा वृद्धि भने खासै भएको पाइएको छैन । महोत्सवमा भन्दा पनि स्थानीयको आर्कषण रमाइलो मेलामा भएको छ । 
पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ लागाइएको महोत्सवमा मानिसको चहलपहल कम देखिए पनि साँझमा लाग्ने रमाइलो मेलामा भने चहलपहल धेरै देखिएको छ । रमाइलो मेलामा भने आयोजकरु मालामाल भएका छन् । 
दिनभरी  स्टलहरुमा व्यापर नभएको व्यपारीहरुले गुनासो गरेका छन् । मेची क्षेत्रको पर्यटन प्रर्वधनको लागि लगाइएको महोत्सव कम रमाइलो मेला ज्यादा जस्तो देखिन थालेको गुनासो गर्नथालेका छन् । जिल्ला वाहिरका पर्यटकहरुको न्युन उपस्थितिले पनि महोत्सवको सफलतामा प्रश्न चिन्न उठेको छ । 
काठमाण्डौँबाट स्टल लिएरआएका लुगा व्यापारी सरोज मैनाली  भन्छन् यहाँ आएको भाडा पनि नउठ्ने भयो त्यहा माथि सामानहरु पनि राति चोरी भयो । अहिले सम्म आयोजकले चोरीको बारेमा केही निर्णय नगर्दा हामी अन्योलमा परोका छाँै । 
इलाममा सुरुभएको महोत्सवमा शुन्य ब्यापार भए पछि स्टल राखेर वसेका व्यपारीहरु स्टल उठाउने कि राखिरहने भनेर अन्योलमा परेका छन् । १२ दिन सम्मको लामो महोत्सवमा व्यपार नभए पछि पर्यटकहरु पनि भित्रिएका छैनन् । महोत्सव सँगै भएको रमाइलो मेलाले स्थानीयलाई भुलाएको छ तर पर्यटकभने आएका छैनन् । यसरी मेला महोत्सव लगाउँदा केको लागि लागाइने हो आयोजक स्पस्ट नभएको देखिन्छ । आयोजकले रमाइलो मेलाबाट आम्दानीत गरेको देखिन्छ तर पर्यटन प्रवर्धनको लागि लगाइएको महोत्सवमा पर्ययटकहरु भित्रिइने सम्भावना कमै देखिएको छ । 
जे भए पनि आयोजकहरुले रमाइलो मेलामानै भए पनि भिड जम्मा गर्न भने सफल भएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता