पहिलो पाइला दमक सरसफाइमा

दमक, ११ पुसः पहिलो पाईला नेपाल दमकले दमक अस्पताल तथा फाल्गुनन्द चोक सरसफाइ गरेको छ । बजारमा बढ्दै गएको फोहोर न्यूनीकरण गर्ने उद्देश्यले सरसफाइ गरेको हो । 
फोहोरको व्यवस्थापनमा निरन्तर लागि परेको पहिलो पाइला दमकका अध्यक्ष छबि बाँस्कोटाले बताए । दीर्घकालीन रुपमा अस्पताललाई सफा बनाउन सम्बन्धित पक्षसँग सहकार्य भइरहेको उनले बताए ।
सरसफाइ कार्यक्रममा दमक नगरपालिकाकी  उपमेयर गीता अधिकारीको पनि सहभागिता रहेको थियो । अधिकारीले स्वच्छ दमक बनाउनका लागि पहिलो पाइलाले चालेको कदमको प्रसंशा गरिन् । काममा निरन्तरता दिन आग्रह गरेकी उनले नगरले सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् । पहिलो पाइलाले यस अघि पनि दमक बजार सरसफाइ गरेको  संस्थाका झापा अध्यक्ष कृष्ण अग्रवालले बताए । पछिल्लो समय सामाजिक कार्यमा पहिलो पाइला सक्रिय छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता