इलाम सन्दकपुरमा बालिकालाई जबरजस्ति करणी गरेको आरोपमा २ जना पक्राउ

इलाम, ११ पुसः इलामको सन्दकपुर गाउँपालिकबाट जबरजस्ति करणी गरेको आशंकमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
 सोमबार राति दश बजेको समयमा सन्दकपुर गाँउ पालिका वडा नं. ४ माबु बस्ने वर्ष ३० को सोम राई र झापा बुद्ध शान्ती गउँपालिका  वडा नं. ४ बुधबारे वस्ने वर्ष २७ को उत्तम राईले सन्दकपुर गाँउ पालिका वडा नं। ३ बिक्रीमा वस्ने पीडित  एक  १५ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोप लगाउँदै बालिकाका बुबा ले दिएको उजुरी आदारमा सोम राई र उत्तम राईलाई पक्राउ गरी अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ  ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता