नेविसंघको १२औँ अधिवेशन

बिर्तामोड, ११ पुसः नेपाल विद्यार्थी संघ झापाको १२औँ जिल्ला अधिवेशन बुधबारबाट सुरु भएको छ । जिल्ला पार्टी कार्यालयमा भएको उद्घाटन कार्यक्रममा नेविसंघका दर्जन बढी नेताले सम्बोधन गरे । केन्द्रीय उपाध्यक्ष विकास केसी, डिल्लीराम सुवेदी, महामन्त्री कुन्दनराज काफ्ले, आन्नदराज त्रिपाठी, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, कृष्ण कार्की, कोषाध्यक्ष शिव रिमाल, केन्द्रीय सदस्य प्रेमिका रानामगर लगायत नेताहरुले बोले ।
कांग्रेस झापा सभापति उद्धव थापाको प्रमुख आतिथ्यतामा सुरु अधिवेशनमा राति अबेरसम्म सर्वसमतिको प्रयास जारी राखेको थियो । राजेन्द्र उप्रेतीलाई सर्वसम्त अध्यक्ष बनाउने दिन भर प्रयास भयो । अन्ततः नेताहरुले त्यसमा सहमति जुटाए पनि भुवन बुढाथोकीले उम्मेदवारी दर्ता गराए पछि सर्वसम्त यो समाचार तयार पार्दासम्म नाम घोषणा भएको छैन । सबै पदमा सर्वसम्मत गर्न पार्टीको जिल्ला नेतृत्व क्रियाशिल छ ।
९७० जना प्रतिनिधिले भाग लिएको अधिवेशनमा सांसद महिन्द्रा सुब्बा, पूर्व सांसद सुधिर शिवाकोटी, पूर्व झापा सभापति पूर्णनन्द शर्मा, बरिष्ठ जिल्ला सदस्य भगिरथ पोद्दार, पूर्व जिल्ला उपसभापति देउमान थेवे, नेविसंघ पूर्व सहमहामन्त्री उमा शिवाकोटी, नेविसंघ नेताहरु निमा गिरी, तुलसा पन्त, गिता गुरुङ, गोमा कटुवाल, आशिस कार्की लगाउतले बोलेका थिए ।
नेविसंघ झापा सभापति रोशन विष्टको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मनोज कार्कीले गरेका 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता