इलाम अस्पतालका डाक्टरहरु माथी हातपात गर्ने २ जना पक्राउ

इलाम, ११ पुसः इलाम अस्पतालका डाक्टरमाथि हातपात गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार अस्पतालमा आई माईजोगमाई गाउँपालिका ४ वस्न  सं्तग्राम भन्ने सामना सेम्वा लिम्बु र  माइजोगमाई ८  बस्ने राजन राईले इलाम अस्पतालमा डिउटीमा खटीएका कर्मचारीहरुलाई जोर जुलुम, हातपात गरी अशान्ती मच्चाई रहेको जानकारी प्राप्त भई इलाम जिल्ला प्रहरी कार्यालयबाट प्रहरी गई पक्राउ गरेको हो । 
उनिहरुलार्य नियन्त्रणमा लिएर राष्ट्रसेवकलाई बाधा बिरोध गर्न नहुने सार्वजनिक शान्ति बिरुद्धको कसुर अन्तर्गत मुद्धा दर्ता गरी यस कार्यालयको हिरासतमा राखि अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय इलमले जानकारी गराएको छ  ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता