रोङको सुबिधासम्पन्न भवनमा भुइभरि औषधी

  • गोबिन्द पौडेल 

रोङ ११ पुसः रोङ ६ मा रहेको स्वास्थ्य चौकी सुबिधासम्पन्न भएपनि औषधी राख्ने फनिचर नहुदा भुइभरि औषधी राखिने गरेको छ । 
सुबिधा सम्पन्न भवन , पर्याप्त जनशक्ति  र औषधी भएपनि भवनका कोठाभित्र आवश्यक दराज र र्याकहरु नहुदा भुइमानै औषधी राखिने गरेको हो । नागरिकहरुले निशुल्क पाउने पैतिस प्रकारका औषधीहरुको उपलब्धता भएपनि औषधी बितरण कक्ष ब्यवस्थित रहेपपिन भण्डारमा भने भुइमा नै औषधीहरु राखिएको छ ।
  कार्यलयमा यस्तो अवस्था भएपछि कार्यलय  ब्यवस्थापन, आवास।र बैठककक्ष ब्यवस्थित बनाउन फर्निचर आनवश्यक परेको भन्दै गत मंसिर २८ गते बसेको स्वास्थ्य ब्यवस्थापन समितिको बैठकले स्वेच्छिक फर्निचर दान गर्न एक अपिल नै प्रकासित गरेको छ । यता भुइमा औषधीहरु अब्यवस्थित रुपले राख्दा यसको गुणस्तर समेत नास हुने गरेको भएपनि आफुहरुसग कुनै बिकल्प नभएको स्वयं स्वास्थ्य कमीहरुनै बताउछन् ।एकजना सिनिअर अहेव, अहेब एक अनमी दुइ गरि ६ जना कर्मचारीहरु रहेपनि सरदर दैनिक तीनजना मात्र सेवाग्रहीहरु आउने गरेको एक स्वास्थ्य कमीले बताए ।  मासिक रुपमिा तीनबटा खोपकेन्द्रमा गएर गाउघर क्लििनिक चलाउदा पनि कर्मचारीहरु भने फर्सदिलो बन्ने गरेका छन् । भौगोलीक हिसावले बिकट रहेको रोङ ६ को जिर्मलेको सलकपुरमा एक सामुदायिक स्वास्थ्य इकाइ रहेको भएपनि एकजना स्वास्थ्य कर्मीको भरमा कार्यलय र दुइबटा खोपकेन्द्र चलाउने बाध्यता रहेको छ । भने साबिक तीनबटा वडाहरु रहेको रम्भ्याङ्गका नागरिकहरु अपायक रहेको कारण उक्त स्वास्थ्य चौकीबाट सेवा लिन नजाने गरेका छन् । 
 स्वास्थ्य जस्तो संबेदनशील क्षेत्रमा पनि बिकेन्द्रिकरण र आवश्यक्ताको सिद्धान्त अनुसार काम गर्न र गराउन सके सबै नागरिकहरुले बास्बिक लोकतन्त्रको अनुभुती प्रप्त गर्न सक्ने भएकोले स्थानिय सरकारले यसबारेमा गहन अध्यष्यन गरेर उचित निर्णय लिन जरुरी रहेको स्थानिय नागरिकहरुको अपेक्षा रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता