"सुदिप पौडेल र इलामे चित्रकारहरुको प्रतिनिधिमुलक चित्रकला प्रदर्शनी" कार्यक्रम (फोटो फिचर)


जिल्ला युवा समितिको कार्यालय, इलामको आयोजनामा "सुदिप पौडेल र इलामे चित्रकारहरुको प्रतिनिधिमुलुक चित्रकला प्रदर्शनी" कार्यक्रम महेन्द्र रत्न बहुमुखी क्याम्पसमा आज सम्पन्न भएको छ । कार्यक्रमको प्रदेश नं. १ को प्रदेशसभा सांसद् माननीय रामबहादुर मगरले उद्घाटन गर्नुभएको थियो । 
प्रदर्शनीमा म.र.ब. क्याम्पस इलामको बागवानी संकायमा अध्ययनरत विद्यार्थी सुदिप पौडेलले निर्माण गरेको २९ वटा तस्वीर राखिएको थियो । यसैगरी इलामे चित्रकारहरु योगेन्द्रमान श्रेष्ठ, तिर्थ जबेगु, सरोज जबेगुले निर्माण गरेका तस्वीरहरु समेत प्रदर्शनीमा राखिएको थियो ।
जिल्ला युवा समितिको कार्यालय इलामको अध्यक्ष नवराज शंकरको अध्यक्षता एवं प्रदेश सांसद माननीय रामबहादुर मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको उद्घाटनको अवसरमा म.र.ब. क्याम्पसका निमित्त प्रमुख प्रेमप्रसाद लुइँटेल, प्याब्सन इलाम जिल्ला कार्यसमिति अध्यक्ष विकास कर्माचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने चित्रकार सुदिप पौडेलले प्रदर्शनीमा राखिएका तस्वीरहरुको बारेमा बताउनुभएको थियो । कार्यक्रमको सञ्चालन प्रकाश परियारले गर्नुभएको थियो ।




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता