इलाम समालवुङका केशबहादुर मृत फेला

इलाम १२ पुसः इलामको सूर्योदय नगरपालिका– ५ समाल्बुङमा एक व्यक्ति मृत फेला परेका छन् । 
गत शनिबारदेखि हराइरहेका ४१ वर्षीय केशबहादुर राई मानव बस्तीभन्दा १०० मिटर पर बारीको कान्लामा मृत फेला परेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । अत्यधिक मादक पदार्थ सेवन गर्ने राई अरुको घरमा काम गर्दै गुजारा गर्ने गरेका थिए । शनिबार घरबाट हराएपछि परिवारले खोजी गर्ने क्रममा बारीको कान्लामा किरा परेको अवस्थामा शव फेला पारेको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिनुभयो । मृतक राईको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा राखिएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता