इलामको नामसालिङमा ब्यवसायिक अकबरे खुर्सानी खेती तालिम सम्पन्न

इलाम, २६ मंसिरः काठमाण्डौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफना घण् जना ग्राहक सदस्यहरुको सहभागितामा मंसिर द्दद्ध गतेदेखि द्दट गतेसम्म इलाम जिल्लाको नामसालिङ मा “ब्यवसायिक अकबरे खुर्सानी खेती तालिम” सम्पन्न गरेको संस्थाका इलाम शाखा कार्यालयका शाखा प्रमुख  शिबराज काफ्लेले जानकारी गराउनु भएको थियो । तालिममा प्रशिक्षक दानियल रेग्मी रहेका थिए ।
एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत संस्थाका क्षेत्रीय प्रमुख लक्ष्मीपति काफ्लेले बताएका थिए । तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा संस्थाका इलाम शाखा कार्यालयका प्रमुख शिबराज काफ्लेले प्रकाश पारेका थिए ।
तालिममा ब्यबसायीक अकबरे खुर्सानी सम्बन्धी अकबरे खुर्सानी परिचय, माटो जांच, यसमा लाग्ने रोग तथा किराहरु र तिनको ब्यबस्थापन जैबिक बिषादी र जैबिक मल बनाउने तरिका सम्बन्धि विषयहरु तथा बचतको महत्व तथा संस्थाको पब्लिक डिपोजिटको बारेमा, संस्थाका सेवाहरुको आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गर्ने शाखाका शाखा प्रमुख शिबराज काफ्लेले बताएका थिए ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो लघुवित्त संस्थाहो । संस्थाले १८१ वटाशाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याई रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विनाधितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालनगर्दै आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै आई रहेको छ । यस संस्थाले देशको कुनाकुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आई रहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आई रहेको छ ।
संस्थाले २०७५ आश्विन मसान्तसम्ममा ३ लाख २५ हजार ८६८ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७५ आश्विन मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १६ अरब ५ करोड ७० लाख रहेको छ भने ग्राहक सदस्यहरुका ८ अरब ९८ करोड ९९ लाख बचत परिचालन गरेको छ । खुर्सानी तथा तरकारी खेती गरी रहेकार गर्न इच्छुक संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको संस्थाका इलाम शाखाका शाखा प्रमुख शिबराज काफ्लेले जानकारी गराएका थिए ।
तालिमको अन्त्यमा तालिमको मूल्याकंन सहभागी श्री ईन्द्र प्रसाद घिमिरे सहभागी मिना देबी ओझाले मन्तब्य राखेका थिए । ब्यवसायिक रुपमा तरकारी खेती गरेमा राम्रो फाईदा लिन तालिमले सहयोग गर्ने सहभागीहरुले बताएका थिए । तरकारी खेती गरी रहेका गर्न इच्छुक संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको संस्थाका क्षेत्रीय प्रमुख श्री लक्ष्मीपति काफ्ले ले जानकारी गराएका थिए । तालिमको संचालन इलाम शाखाका लेखापाल चन्द्रमणी पाण्डेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता