मानव धर्म समितिले दियो इलामकको सूर्योदयका विद्यार्थीलाई स्टेशनरी

इलाम, २६ मंसिर । इलामको इलाम नगरपालिका वडा नं. ४ स्थित सूर्योदय आधारभूत विद्यालय बरबोटे घलेटारमा अध्ययनरत कक्षा नर्सरी देखि कक्षा ५ सम्मका ५१जना छात्रा छात्रहरूलार्इ स्टेसनरी सामाग्री वितरण गरिएको छ । 
नेपाल मानव धर्म सेवा समिति शिक्षा अभियान कायक्रम अन्तरगत, मेची अन्चल श्रधेय आश्रम धुलावारीको सहयोगमा सो विद्यालयमा स्टेशनरी उपलब्ध गराइएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नगरपालिका शिक्षा शाखाका स्रोत ब्यक्ती लीला बल्भ खनाल, वडा नं. ४ का वडाध्यक्ष नुतनदेव दुलाल, संस्थाका मेची अन्चल आश्रम धुलावारी प्रमुख महात्मा तुलसी वाइजी, माता पाथिभरा, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष खेमराज आचार्य, इलाम नगरपालिका कार्यपालीका सदस्य तथा मानव धर्म सेवा समितिका जिल्ला सचिव श्यामकमल मुखिया, वडा सदस्य, विष्णु सुव्वा र शिक्षक अभिभावक सघको अध्यक्ष धर्म प्रसाद घिमिरेले विद्यार्थीहरुलाई संयुक्त रुपमा स्टेशनरी प्रदान गरेका थिए । 
कार्यक्रममा प्रमुख अतिथि लीला बल्भ खनाल, संस्थाका मेची अन्चल प्रमुख महात्मा तुलसी वाइजी, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष खेमराज आचार्य र संस्थाका मेचि अन्चल सचिव इन्द्र प्रधानले मन्तव्य व्यक्त गरेका थिए भने स्वगत मन्तव्य विद्यालयका प्रधानाध्यापक हरी संजेलले गरेका थिए । शिक्षा अभियान वारे संस्थाको कार्यकर्ता सचिन सुव्वाले प्रकास परेका थिए र कार्यक्रम संचालन रमेश रिजालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता