अत्याधुनिक सैलुन बिर्तामोडमा, उद्घाटन कार्यक्रममा करिश्मा

बिर्तामोड, २६ मंसिरः नायिका करिश्मा मानन्धरले झापाको बिर्तामोडमा मंगलवार सैलुनको उद्घाटन गरेकी छिन् । नायिका मानन्धरले नेपालमै फरक सेवा सुविधा भएको ग्लोवल लुक्ज एण्ड फेमली सैलुन स्पा एण्ड एकाडेमीको उद्घाटन गरेकी हुन् ।
झापाको बिर्तामोडमा सञ्चालनमा आएको सो सैलुन बिर्तामोडका धनराज गजमेर, विशाल शर्मा र संगीता रसाइलीले एक करोडको लगानीमा सञ्चालनमा ल्याएका हुन् ।
सो सैलुनमा मसाज स्टीमवाथ, स्पा, हेयर स्पा, अनलाइन बुकिङ सुविधा रहेको सैलुनका म्यानेजमेन्ट एण्ड मार्के्टिङ हेड सागर पौडेलले बताए । विशेष गरेर जुनपायो त्यहि क्रिम प्रयोग गर्दा हेयर र स्क्रिनमा हुने समस्यालाई समाधान गर्ने उदेश्यले सैलुन सञ्चालनमा ल्याएको उनले बताए । साथै सैलुनमा तालिमको पनि ब्यवस्था रहेको जानकारी दिइएको छ ।
सैलुनमा भारतको सिक्किम, दिल्ली, सिलगुडी, नेपालको धनगढीलगायतका स्थानका दक्ष व्यक्तिहरु ल्याइएको बताइएको छ । सैलुनमा हाल १२ जनाले रोजगारी पाएका छन् । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष कुमार भट्टराईलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी स्वतिका आचार्यले गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता