यसरी स्थपाना गरिदै छ इलामको बरबोटेमा माइली पाथिभरा देवी

इलामको माइली पाथिभरा पवित्र धार्मिक स्थल समुन्द्र सतहबाट करिव १६००मिटरको उचाईमा अवस्थित छ । विविध भाषा धर्म संस्कृति, रीतिरिवाज, जातजाति रहेको यस जिल्लालाई माई भगवती, पुवामाई, देउमाई, जोगमाई चार माई नदीले वेठित गरी बगिरहेका छन् । पहाडकी रानी उपनामले चिनिएको यस जिल्लामा परापूर्व कालदेखि नै गजुरमुखी धाम, माईपोखरी, सेती देवी, सिंहवाहिनी, पञ्चकन्या, कान्छी पाथिभरा, नारायण स्थान लगायत विविध देव देवीका धर्म पीठहरु रहेका छन् ।
इलाम सदरमुकाम देखि ८ किलोमिटर उत्तर माईपोखरी धाम जाने पक्की बाटोको नजिक साविक बरबोटे ४ हाल इलाम नगरपालिका वार्ड नं. ४ धारापानीमा मिति २०७५कातिक ०१ गतेका दिन माईली पाथिभरा देवीको उत्पति भएको हो । 
यसै स्थानमा जन्म भई कार्यथलोको रुपमा झापा धाइजनमा बसोबास गर्दै आउनुभएका झमक बहादुर घिमिरेलाई गत २०७५ साउन ०१ गते देखि झापामा नै रहेको अवस्थामा निन्द्रामा स्वयम् भगवतीले दर्शन दिई शरीरमा भगवतीको शक्ति रहेको र बराह क्षेत्र, झापा चाराली स्थित पाऊ पाथिभरा, आईतबारे स्थित पञ्चकन्या देवीको दर्शन गर्दै जाँदा यस ठाउँमा माइली पाथिभरा देवी रहेकी छिन् उत्पति गराउने वाणी प्राप्त भएकोले सोही अनुसार धर्म पीठहरुमा दर्शन गर्दै आई यहाँ आइपुग्दा अगाडी बढ्ने मार्ग बन्द भए को थियो । बाटो बन्द भए पछि यस तर्फ जान निर्देशन भएकाले यहाँ प्रवेश गरी उत्खनन गर्दा माइली पाथिभरा माताको उत्पति भएको हो । 
त्यस पछि शरीरमा कम्पन दिने विभिन्न व्यक्तिहरु आई यस क्षेत्रमा विभिन्न देवदेवीको बासस्थान रहेको छ भनी बताउने गरेकोले मध्यरातमा खोजी गर्दा अन्य देवदेवीको शिला फेला परेका र उत्खननको क्रममा नागदेवीको प्रत्यक्ष दर्शन समेत गर्न पाएकोले जनस्तरमा विश्वास बढ्न गई यस क्षेत्रको संरक्षण सम्बर्द्धन गर्न स्थानीय व्यक्तिहरुबाट यहाँको झोडी सरसफाई गरी देवस्थलको रुपमा स्थापित गर्न अग्रसर रहेका छन् । 
देवदेवीहरुको उत्पति पछि विधिवत रुपमा स्थापनाका लागि स्थानीय व्यक्तिहरुको सहयोगमा २०७५मंसिर २६ गते बुधबार विवाह पञ्चमीका दिन प्राण प्रतिष्ठा कार्यक्रम गरिएको हो ।
आजको समयमा धर्म र यस सँग सम्बन्धित कुराहरुमा विश्वासी जन हरुको कमी भइरहेको अवस्थामा प्रत्यक्ष देवीको दैवी शक्ति प्राप्त भई समाजका आम समुदायमा धर्म प्रतिको विश्वास जागृत गराउन र यस क्षेत्रलाई धार्मिक पर्यटक स्थलको रुपमा स्थापित गराई इलाम जिल्लाको परिचय गराउन सबल बन्न सकोस भन्ने पवित्र हेतुले गर्न लागिएको यस पून्य कर्मको लागि सम्पूर्ण धर्मानुरागी महानुभावहरुमा हार्दिक अपिल गर्दछौँ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता