निर्मला हत्या प्रकरणः न्याय माग्दै सडकमा युवा

अमर काफ्ले,
इनरुवा । निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषी पत्ता लगाउन माग गर्दै सुनसरीको इनरुवामा युवाहरुले प्रर्दशन गरेका छन् ।
घटना अनुसन्धान रहस्यमय बन्दै जाँदा हत्यारा पक्राउ गर्न नसक्नु सरकारको लाचारीपन भएको भन्दै युवाहरुले सरकार विरोधी नाराबाजी समेत गरेका थिए ।
‘सरकार भेटियो, न्याय भेटिएन’ लगाएतका प्ले कार्ड बोकेर गरिएको सरकार विरोधी दबाब मूलक कार्यक्रममा प्रदेश सांसद ज्योति सुब्बासहित स्थानीय अधिकारकर्मीहरुले ऐक्यवद्धता जनाएका थिए ।
इनरुवाको खेल मैदानमा स्वतस्फूर्त भेला भएका युवा सहित अधिकारकर्मीको भिडले नगरको परिक्रमा गरेको थियो । नगर परिक्रमा पश्चात लोकतान्त्रिक चौकमा सडक नाटक समेत प्रर्दशन गरिएको थियो ।
कोणसभामा बोल्ने वक्ताहरुले मुलुकमा हत्या र हिंसाका घटना बढ्दै जानु दुखद भएको बताउँदै निर्मला हत्या घटनाको पर्दाफास गर्न नसक्नु सरकारको गैरजिम्मेबारीपन भएको औल्याएका थिए । न्युज २४ बाट साभार

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता