इलामको फाकफोकथुममा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

इलाम, २० मंसिरः इलामको फाकफोकथुम गाउँपालिकामा आज समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ । समुदाय प्रहरी पालिकास्तरीय समितिलाई जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले सहजीकरण गर्नुभयो । 
गाउँपालिकाको कार्यालयमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ, उपाध्यक्ष सरस्वती राई, वडाध्यक्षहरू राजन पौडेल, सिद्धमान आले, समितिका सदस्यहरु सहभागी रहेका थिए । 
यस साझेदारीअन्तर्गत फाकफोकथुम गाउँपालिका र जिल्ला प्रहरी कार्यालय इलामको संयुक्त प्रयासमा सामुदायिक सचेतना तथा अपराध रोकथाम, प्रहरी विद्यालय सम्पर्क कार्यक्रम, स्थानीय तहको सेवा प्रवाहमा प्रभावकारी सुरक्षा समन्वय, प्राविधिक सुरक्षा उपकरणको स्थापना र विस्तार, सामुदायिक गस्ती र प्रभावकारी प्रहरी परिचालन, एकीकृत स्वयम्सेवक परिचालन, फरार अपराधी पक्राउमा समुदायको रचनात्मक सहयोग, सूचना आदानप्रदान, तथ्याङ्क संकलन तथा अद्यावधिक, वातावरण संरक्षण तथा प्राकृतिक स्रोतको दोहन नियन्त्रण जस्ता कार्यहरु गरिने एसपी श्रेष्ठले बताउनुभयो । 
यस कार्यक्रमअन्तर्गत आधारभूत सुरक्षा, महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्धको अपराध र हिंसा नियन्त्रण, सामाजिक विकृति विसङ्गति नियन्त्रण, मान बेचबिखन नियन्त्रण, एकीकृत घुम्ती शिविर, सडक सुरक्षा, लागू औषध निषेध र मदिरा नियन्त्रण, विपद् व्यवस्थापन, साइवर सुरक्षा, वातावरण संरक्षण जस्ता कार्य गरिने समेत उहाँले बताउनुभयो । सबै स्थानीय तहमा नगर तथा पालिकास्तरीय समिति गठन भईसकेको उहाँले जानकारी दिनुभयो । 
त्यस्तैगरी सिंहदेवी मावि आमचोकमा प्रहरी विद्यालय सम्पर्क समिति कार्ययोजना अन्तर्गत सो विद्यालयका विद्यार्थीहरुमा सडक सुरक्षा, साइबर अपराध, लागू औषध नियन्त्रणजस्ता विषयमा प्रहरी नायव निरीक्षक पदमबहादुर राई, प्रहरी हवल्दार विजय राई, प्रहरी सहायक निरीक्षक सरस्वती राई र प्रहरी नायव निरीक्षकद्वय किरण प्रसाई र भूपेन्द्र ढुंगानाले सहजीकरण गर्नुभएको थियो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता