इलाममा फेरि मासिदै छ अलैची, किसान चिन्तीत, सरकारी स्तरबाट पहल भएन

गोबिन्द पौडेल  
रोङ  १५ माघः केही बर्ष अघिमात्रै पुर्नस्थापना भएको नेपालकै सबैभन्दा बढी निर्यातहुने अलैची फेरि मासिन लागेको छ ।
‘खोल्साको सुन’ अथवा ‘कालो हीरा’ को उपमा पाएको अलैची किसानहरुको लागि आम्दामीको सबैभन्दा श्रोत रहेको  अलैची खेतीमा संक्रामक रोगको कारण बगानै मासिएर सकिएको भएपछी सरकारी तवरबाट कुनै चासो नदेखाए पछि  किसानहरुले आफ्नै प्रयासले जंगलबाट खेती गर्ने बारीका गरहरुमा  रोपेर केही बर्ष राम्रो उत्पादन गरेको भएपनि अहिले आएर पुरानै रोग देखापरेको कारण बारीमा रोपेको बगानपनि रोगी भएपछि अलैची मासिने अवस्थामा पुगेको हो ।
बिगतमा अलैचीको उत्पादन नहुदा राम्रो मुल्य रहेले किसानहरु उत्साहित भएर अलैची खेती गरेको भएपनि हालसम्म सरकारी निकायले अलैची किसानहरुलाइ कुनै पनि सहयोग नगरेको रोङ ६ का किसान गणेशमान राइले बताए । आफुले जसोतसो गरेर बिगतका बर्षमा दश मन अलैची फलाएको भएपनि अलिे सबै बोट सुकेर गएपछि आफु निरास भएको बताउछन् । यता कृषिबाट आर्थिक समृद्धि चाहने सरकारहरुको नारा भने राम्रै भएपनि किसानहरुको लागि भने कागलाइ बेल जस्तो भएको छ । अलैचीमा डडुवा, मरुवा, छिर्के, फुर्के जे रोग लागेपनि  आफुहरुको बारीमा अहिलेसम्म कुनै प्रबिधि आएर हेरेका छैनन् भनेको भरमा गरेको उपचार निरर्थक भएको अर्का किसान इन्द्र प्रधानले बताए । अहिले भने किसानहरु बारीको गराहरुमा लगाएको अलैची रोग ीबनेपछि धमाधम उखेल्न लागेका छन् ।
अलैची  निर्यातमुलक मसला बाली नेपालमा भारतको सिमानामा जोडिएको जिल्ला इलाम , पाचँथर र ताप्लेजुङ्गमा करिब दुइसय बर्ष अघि भित्रिएको मानिन्छ ।  पहिला भारतिय सिमानाका जिल्लाहरुमा रहेर पूर्वका पाच जिल्लामा उत्पादन हुने अलैची अहिले नेपालको चालिस भन्दा बढी जिल्लाको १ लाख ७५ हजार भन्दा बढी किािनहरुले १६ हजार हेक्टर भुमिमा गरेको बताइन्छ । हाल पाच हजार मेटिकटन उत्पादन रहेको अलैचीको लासग बजारपनि ब्यपारीले खोज्ने गरेको तर सरकार भने नmोलको सबैभन्दा बढी निर्यातमुलक बस्तु हो भनेर मात्रै बसिरहने गरेकोले किसानहरुले ब्यपारीको मुल्य निर्धारणमा सहमत हुनु परेको किसानहरुको दुखेसो रहेको छ ।  


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता