ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनः नेपालमा भ्रष्टाचार र कुशासन झनै मौलायो


काठमाडौं,१५ माघ । नेपालमा भ्रष्टाचार नियन्त्रणमा सुधार हुन नसकेको एक प्रतिवेदनले उल्लेख गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा भ्रष्टाचारको अवस्था सुधार हुन नसकेको हो । सन् २०१८ को भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालको गत वर्ष जस्तै ३१ अंक रहेको छ ।
गतवर्ष नेपालभन्दा पछाडि रहेका मुलुकको अवस्था सुधार गरेका कारण नेपाल स्तर अझ कमजोर देखिएको हो । सुशासनको दृष्टिकोणमा भने नेपाल गतवर्षभन्दा अझ तल झरेको छ । सुशासनमा १ सय २२ औं मुलुकबाट नेपाल १ सय २४ औं पुगेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपाल लगायतका मुलुकमा भ्रष्टाचार विरुद्धको अभियानमा संलग्नहरुलाई असफल बनाउने प्रयासलाई प्रमुख चुनौतीको रुपमा लिएको छ । ट्रान्सपरेन्सी नेपालले सरकारको पहिलो प्राथमिकता सुशासन हुनुपर्ने सुझाव दिएको छ । अघिल्लो वर्ष नेपाल ३१ अंकका साथ १ सय २२ औं स्थानमा थियो ।
१ सय ७६ वटा मुलुकहरुमा सर्वेक्षण हुँदा १ सय २२ औं स्थानमा रहेको नेपाल यसपटक १ सय ८० वटा मुलुकमा सर्वेक्षण हुँदा १ सय २४ औं स्थानमा पुगेको हो । नेपालको स्थिती दक्षिण एसियाली मुलुकहरुमा बंगलादेश र अफगानिस्तान बाहेकका मुलुकभन्दा राम्रो छ । अस्थिर राजनीतिक अवस्था र सैनिक हस्तक्षेप भोगेको पाकिस्तानको भन्दा नेपालको अंक कमजोर छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता