महोत्सवमा स्वास्थ्य सेवा

बिर्तामोड, १५ माघः बिर्तामोड अन्तर्राष्ट्रिय व्यापारीक महोत्सवमा स्वास्थ्य सेवा उपलब्ध गराउने टोली सक्रिय देखिन्छ । महोत्सव आयोजक समिति सदस्य गौँरीशंकर गुप्ताको संयोजकत्वमा वाणिज्य संघले स्वास्थ्य उपसमिति नै गठन गरेको छ । 
उक्त उपसमितिले लायन्स क्लव अफ बिर्तामोड, वीरता जेसीज, ट्राफिक प्रहरी कार्यालय झापा, श्री नयाँ श्रीनाथ चारआली गञ्च चारआली, मारवाडी महिला मञ्च,  पाथिभरा डेन्टल हाउस,  कञ्चनजंगा हस्पिटल, विएण्डसी हस्पिटल,  मनमोहन हस्पिटल, दृष्टि आँखा अस्पताल, छठ सेवा समिति, लायन्स क्लव अफ बिर्तामोड सिटीसँग सहकार्य गरेर स्वास्थ्य सेवा दिदैँ आइरहेको छ । 
जारी रक्तदान कार्यक्रममा हालसम्म  ६१ जनाले रक्तदान गरेको संयोजक गुप्ताले जानकारी दिए । बढ्दो रगत अभावलाई हल गर्नु मुख्य उद्देश्य रहेको गुप्ता बताउँछन् । श्री नयाँ श्रीनाथ चारआली गञ्च चारआलीले महोत्सवमा पूर्वमा पाइने विषालु सर्पका बारेमा जनचेतना दिँदै आइरहेको छ । जमदार प्रकाश अधिकारीको संयोजनमा उक्त जनचेतना मुलक कार्यक्रम सञ्चालन हुँदै छ । 
लायन्स क्लव अफ बिर्तामोडले ७० हजार रुपैयाँ बराबरको वील चेयर खरिद गरेको छ । अमेरीकाबाट ल्याइएको उक्त आधुनीक वीलचेयर महोत्सव परिसरमा नै २० गते कमल गाउँपालिकाका ईश्वरचन सहनीलाई निःशुल्क उपलब्ध गराइने लायन्स क्लव अफ बिर्तामोडका सचिव पुस्कर निरौलाले बताए । एउटा वीलचेयर भने संस्थामा नै राख्ने निरौलाले जानकारी दिए । स्वास्थ उपसमितिले महोत्सव परिसर भित्र निःशुल्क एम्बुलेन्स सेवा पनि दिँदै आइरहेको छ । 
लायन्स क्लब अफ बिर्तामोड र लियो क्लब अफ बिर्तामोड सिनियर को सयुक्त आयोजनामा रक्तदान भइरहेको हो । बिशाल अग्रवालको संयोजकत्वमा भइरहेको कार्यक्रममा लियो क्लबका अध्यक्ष मनिष पोद्दार, लियो अर्थ पेडिवाल, रुपेश भण्डारी, कृष्ण अग्रवाल, सुस्मिता दर्नाल, सुदन बुढाथोकी, मोहित मल्ल लगायतले कार्यक्रममा सक्रियता जनाउँदै आएका छन् ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता