गोमासहित ५ पुरस्कृत

बिर्तामोड, १५ माघः युथ एक्सन नेपालले महिला उद्यमी संघ झापा अध्यक्ष गोमा भट्टराईलाई सम्मान गरेको छ । भट्टराईसँगै एक्सनले  झापामा ५ उत्कृष्ट युवालाई सम्मान गरेको हो ।
विभिन्न पेशा व्यवसाय र सामाजिक क्षेत्रमा काम गर्ने उनीहरुलाई प्रदेश –१का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले नगद १० हजारसहित सम्मान गरेका हुन् । पुष्प व्यवसायमा महिलालाई आकर्षित गरेकोमा उद्यमी संघ झापा अध्यक्ष भट्टराई, अपांगता भएको क्षेत्रमा काम गर्ने दमका मदनकुमार बोहोरा, रत्न जेष्ठ नागरिक आश्रम दमकका सञ्चालक रीता सुनुवार, पब्लिक लाइब्रेरी दमकका संयोजक दधिराम ढकाल, सुपारीको पातबाट थाल उत्पादन गर्ने मेचीनगरका हरी दाहाल सम्मानित भएका हुन् । 
संस्थाका अध्यक्ष लक्ष्मी निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री कार्कीले युवा पलायन रोक्न खेलेको भूमिकाको प्रशंसा गरे । उद्यमी र सामाजिक क्षेत्रमा काम गर्ने जो कोहीलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता