पाँचथरमा सुन्तलाको बोट मर्नथालेपछि सुन्तला बगान मास्दै

पाँचथर, १५ माघः पाँचथरको फिदिम नगरपालिका वडा नं. २ साम्दीनका अधिकांश किसानले सुन्तला बगान मासेका छन् ।

सुन्तलाको बोट मर्नथालेपछि किसानले बगान मासेर बैकल्पिक खेती लगाउन थालेका हुन् । किसानले सुकिसकेको सुन्तलाको बोट दाउराको रुपमा प्रयोग गरेका छन् । त्यस्तै तरकारीका लागि थाङ्ग्रा बनाउन किसान बाध्य छन् ।

यस क्षेत्रमा विभिन्न रोगका कारण सुन्तलाको बोट मरेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । केन्द्रका अनुसार सुन्तला रोग निबारण प्रयास भएपनि बोट मर्नुका थुप्रै कारणहरु रहेको छ । जिल्लामा १५ हजार ११ घरपरिवारले ७ सय ९१ हेक्टर जमिनमा सुन्तला खेती हुन्छ ।

यसबर्ष ७ हजार सातसय २४ मेट्रिक टन भएको कृषि ज्ञान केन्द्रको भनाइ छ । सुन्तला उत्पादनबाट जस्तो मनग्गे आम्दानी नहुँदा किसानलाई जिवयापनमा मुस्कील हुनथालेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता