इलाम, १५ माघः इलाममा शसस्त्र प्रहरीबलले आफ्नो १८ औं स्थापना दिवस मनाइरहेको छ ।
१८ वर्ष अघि तत्कालीन ससस्त्र द्वन्दलाई लक्षीत गरी स्थापना गरिएको ससस्त्र प्रहरी पछिल्लो समयमा भने सीमा सुरक्षा हुलदंगा नियन्त्रण, प्रकृतिक प्रकोप लगायतका सामाजिक सुरक्षाका काम गर्दै आएको छ ।
१८ औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार इलाम नम्बर १ गणद्वारा आज सिंहवाहिनी मन्दीर सरसफाई तथा इलाम चोकबजारमा रक्तदान कार्यक्रम गरिरहेको छ । रक्तदान कार्यक्रमा स्थानीयवासी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना गरेर ५८ जनाले रक्तदान समेत गरेका छन् ।
नेपाल रेड्क्रस सोसाइटी इलाम जिल्ला शाखाको सहयोगमा कार्यक्रम भएको थियो ।
प्रतिकृया दिनुहोस्
माइपोखरी न्यूज डटकम सम्बाददाता