फाल्गुनन्द गोल्डकपः झापा उपाधी नजिक

फिदिम, २७ पुसः फिदिममा जारी १० औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनल झापा ११ प्रवेश गरेको छ । आजभएको खेलामा काठमाण्डौको सरस्वती यूथ क्लबलाई १–० गोलले पराजित गर्दै झापा ११  फाइनलामा प्रवेश गरेको हो । पाँचथर सदरमुकाम स्थित फिदिम माविको मैदानमा शुक्रबार भएको सेमिफाइनको पहिलो खेलमा कठिन जित निकालेको झापाले दुई लाख नगद सुरक्षित गरेको हो । 
झापाको जितका लागि कप्तान कर्ण लिम्बूले गोल गरे । खेलको ५३ औँ मिनेटमा मैदानको सेन्टर पोइन्टबाट देबेन्द्र तामाङले हानेको फ्रिकिकलाई कर्णले हेड गरेर गोल गरेका थिए । पहिलो हाफमा गोलरहित बराबरी खेलेको सरस्वतीले दोस्रो हाफमा सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो । 
खेल अवधिभर दुवै टिम निकै आक्रमक ढंगमा प्रस्तुत भएका थिए । सरस्वतीका खेलाडीको दर्जनौ प्रहारलाई  झापाका गोल किपर मनोज प्रधानले नियन्त्रणमा लिदाँ झापासँग सरस्वती स्तब्ध बन्यो । शुक्रबारको खेलमा झापाका दिलेन लोत्ताम म्यान अफ दी म्याच चुनिए । उनले १० हजार नगद प्राप्त गरे । 
राम्रो खेलेर पनि स्कोर गर्न नसक्दा आफ्नो टिमले हार खानुपरेको सरस्वती क्लबका खेल प्रशिक्षक प्रदिप नेपालले प्रतिक्रिया दिए । ‘दर्जनौ प्रहारहरु गोल हुन नसक्दा हाम्रो हार भयो,’ नेपालले भने ‘खेलाडीले राम्रो खेलेर पनि हार खानुप¥यो ।’ फाइनल खेल्नका लागि आफ्नो टिमलाई जित निकाल्न निकै गारो भएको झापाका प्रशिक्षक प्रवेश कटुवालले बताए । ‘पहिलो हाफमा स्कोर गर्न नसकिएपछि दोस्रो हाफमा खेल रणनीतिलाई ृपरिवर्तन गरियो,’ कटुवालले भने ‘खेल रणनीति परिवर्तन गरेकै कारण जित निकाल्न सकिएको हो ।’
शनिबार हुने सेमिफाइनलको अन्तिम खेलमा काठमाण्डौको त्रिभुवन आर्मी क्लबले दार्जिलिङको रोयल फुटबल क्लबको सामान गर्नेछ । प्रतियोगिताका फाइनल खेल सोमबार फिदिम माविको मैदानमा सपन्न गर्ने तयारी गरिएको छ । प्रतियोगिताको बिजेता टिमले उपाधिसहित चार लाख र उपबिजेता टिमले दुई लाख नगद पुरस्कार पाउने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष बिमल श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा जम्मा १० टिमले सहभागिता जनाएका थिए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता