
इलाम, २७ पुसः नवचेतना खेलकुद समितिको आयोजनामा पौष २५ गतेबाट शुरुभएको भलिबल खेलको फाइनल खेलमा आयोजक नवचेतना खेलकुद समितिले जीत हाँसिल गरेको छ । इलाम ५ बरबोटेमा भएको उक्त खेलमा पशुपति प्रसाद गण इलामले दोस्रो स्थान हाँसिल गरेको छ ।
समितिका अध्यक्ष प्रकास दुलालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी समाजसेवी तथा नेपाली काँग्रेसका नेता डम्बर खडकाले स्थानिय सरकारले यस खेलमैदान निर्माणका लागि सहयोग गर्नुपर्ने बताउनु भयो । साथै आफ्नो तर्फबाट पनि सहयोग गर्ने बचनबद्धता गर्नुभयो । बिजयी हुने खेलाडीलाई प्रमुख अतिथी खडकाले नगद ५१०००÷ अक्षरेपि एकाउन्न हजार तथा मेडल प्रमाण पत्र प्रदान गर्नुभयो ।
साथै दितिय हुने खेलाडीलाइ रु २६०००÷ इलाम भलिबल सघका अध्यक्ष डाक प्रसाद गौतमले हस्तान्तरण गर्नुभयो ।
जिल्लाभर युवाहरुकोखेल प्रतिभाको लागि सहयोग गरेको भन्दै समिती अध्यक्ष प्रकाश दुलालले प्रमुख अतिथी खडकालाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गर्नुुभएको थियो उक्त खेलमा भलिबलका राष्टिय तथा क्षेत्रिय स्तरका खेलाडीको सहभागिता रहेको थियो कार्यक्रममा नवचेतना खेल समुहका पुर्व खेलाडी अम्पायर लगायत उत्कृष्ठ खेलाडीलाइ सम्मान गर्नुका साथै सांगितीक कार्यक्रम प्रस्तुत गरिएको थियो इलाममै पहिलो पटक गरिएको यो खेलले दर्शक दृघा अत्यन्तै हर्षित थिए ।