भोली शनिबार बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म इलाममा विद्युत अबरुद्ध

इलाम, २७ पुसः  इलाम बितरण केन्द्र अन्तर्गत इलाम बजार एरियाका विभिन्न स्थानहरुमा शनिबार बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म विद्युत अवरोध हुने भएको छ । 
इलाम बजारक्षेत्रमा रहेका ट्रान्स्फर्मरहरुमा लोड ब्यालेन्स तथा नेट्वर्किङ (एउटा ट्रान्सर्फमरको लोड जुनसुकै बेलाअर्को ट्रान्स्फर्मरबाट लोड दिन सक्ने) गर्नु पर्ने भएको हुदा बिहान ९ बजे देखि बेलुकी ५ बजे सम्म लाइन अबरुद्ध हुने नेपाल विद्युत प्राधिकरण इलाम शाखाका प्रमुख रविनवावु घिमिरेले माइपोखरी न्युजलाई जानकारी गराए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता