क्या ! "रात गई -बात गई" ! सत्ता र शक्तिको उन्मादमा सारा ईतिहास बिर्सिदिने?! चप्पल लगाएर सिंहदरबार के छिरेथ्यो, श्रीपेच लगाउन हतार ?! हिजोको अनुभव बिर्सियो भने भोलीको काम बन्दैन महाराज !
हिजो सडकमा टायर जलाउने , गाडी तोडफोड गर्ने, रेलिङ भाँच्ने, नेपाल बन्दगर्ने, परिवर्तनको नाममा युद्धगर्ने तिनै "क्रान्तिका मसिहा", "प्रजातन्त्रका योद्दा", "समाजबादका सेनानीहरूले" हातमा लागेको रगत, खरानी र अंगार रातारात धोएर आज संबिधान-प्रदत्त हक-अधिकारलाई प्रयोग गर्दै आयोजना गरेको शान्तिपूर्ण भेला तथा बिरोध प्रदर्शनलाई नाजायज र समृद्धिको बाधक भन्दै उपदेशको बर्षा गर्दैछ्न । पुलिस लगाएर कुटाई-पिसाई गर्दैछन् । समृद्धिको लागी जन-बोलीमा लगाम ?! यो कस्तो गणतन्त्र हो ?! यो कस्तो लोकतन्त्र हो?
त्यो कस्तो समृद्धि हो ? - जो जनताको मुखाँ ठेटी र हातमा लगाम लगाएपछि मात्र आउँछ!
त्यो कस्तो माईन्ड-सेट हो ? - जस्ले आफ्नो बोलीलाई "अधिकार प्राप्तिको आवाज " भन्छ र अरूको आवाजलाई सुख शान्ति बिथोल्ने फगत "हल्ला" सुन्छ ?!😑
डा. केसीले सत्य र त्यागको बाटो हिंडेका छ्न।
हो , हामी दुराशयको घनघोर जंगलमा एकछिन बाटो हराएर अलमलिएका थियौं । हामी आत्तिएका थियौं, डराएका थियौं । काँडाहरू घोच्न खोज्थे । छाँगाहरू खसाल्न खोज्थे । पहराहरू बाटो छेकेर हाँस्थे । ओलि ज्यु ब्वाँसोहरूले तपाइलाइ मीठो मार्सी-भात" खुवाए। तर, न हामीले सुझबुझ र जिम्मेवारी प्रदर्शन गर्यौं न सही बाटो नै भेट्यौं ।
अझ यसो भनौं, त्यो घनघोर जंगलमा सरकारले समाजबाद खोज्दैगर्दा सरकारनै माफियाको गुफामा" फसेको भेटियो। गोबिन्द केसीले "रिस्क लिएर सत्याग्रहको बाटो रोजे।उनले रोजेको बाटो सजिलो छैन । भोकै-प्यासै तान्दै, धकेल्दै, बोक्दै, घिसार्दै सरकारलाई सुरक्षितरूपले हिजो उद्दार गरे ।आज पनि त्यही बाटोसम्म पुर्याउन प्रयत्नरत छन।गोबिन्द केसि न आफ्नु परिवारको सदस्यलाई डाक्टर पढाउन सत्याग्रह बसेका हुन नत घर नजिकै मेडिकल कलेज खोल्नु पर्छ भनेरनै बसेका हुन!उनित गरिबको छोरा पनि डाक्टर बन्न पाउनु पर्छ भनेर सत्याग्रह बसेका हुन।उनले उठाएका मागहरू भट्टी पसल बाट सन्कलन गरेको कुरा होइन।डा.केदार भक्त माथेमा आयोग ले तयार पारेको प्रतिबेदन हो।जसमा त्यो क्षेत्रमा लामो समय सम्म काम गरेर अनुभव बटुलेका बिग्यहरुको निस्कर्स सहितको प्रतिबेदन छ।सरकार हिनेको बाटोमा गोबिन्द्द केसि खडा भएर बसेका छ्न।गलत बाटोमा नहिन भनी सरकार लाई मार्गदर्सन गरिराछ्न।
बाटो आफैंमा गन्तब्य होइन । गन्तब्य पुग्न त हिड्नु नै पर्छ । हिड्नु सजिलो छैन । जिम्मेवारीपूर्वक हिड्न त झनै गाह्रो छ । सरकार कत्तिको जिम्मेवारीपूर्वक हिँड्छ सफलता त्यसैले निर्धारण गर्दछ ।
सरकार छिल्लिएर भीर खोज्दै हिड्यो भने सधैं काँध थाप्न सकिन्न । झुक्किएर, भबितब्य परेर भीरमा जाने गाईलाई रामराम भन्न सकिन्छ । उस्तै परिआए काँध थाप्न सकिन्छ । तर छिल्लिदैं, दम्भ र घमण्डले फुलेर बारम्बार भीर खोज्ने साँढे-सरकारलाई न रामराम भन्न सकिन्छ न काँध थाप्न सकिन्छ । बरू, त्यस्तो साँढे-सरकारलाई न्वारानदेखिको बल झिक्दै जोर-लात्ती मारेर भीरबाट खसाईदिनुपर्छ ।
आशा गरौं, जोरलात्ति मार्ने दिन नआओस् ।
ओली महाराजको "हावा" गफमा बिना सुझबुझ सुईय.. सुईय... गर्दै भक्ति प्रदर्शन गर्ने भक्तगण र कुनै न कुनै प्रकारको निरंकुशता चाहने पश्चगामी-झुण्डले जनताको मर्म, पीडा र आवाजलाई औचित्यहीन ठान्नु आठौं आश्चर्य हैन। तर मित्रहरूले कसरी बिर्सेका हुन कि - मलाई खाने निरंकुश-बाघले तपाईंलाई पनि जिउँदो छोड्ने छैन भन्ने सत्य छ। निषेधले समाजबाद हैन समाज बिभाजन ल्याउँछ महाराज !
!ओलि ज्यु गोबिन्द्द केसि सग फल नखेल्न्नु होला नत्र समृद्धि कपको यात्रामा पुर्णबिराम लाग्न सक्छ!....
प्रज्वल भट्टराई