बिजुली नहुदा जोगिएको ढिक्की

  • गोबिन्द पौडेल  

रोङ ५ माघः  बिज्ञानले  मानव जीवनलाइ क्रमस  यन्त्रिकरण तिर लैजादै गरेको भएपनि इलामकै ग्रामिण क्षेत्रहरुमा आधुनिक उकरणहरु पुग्न सकेको छैन ।
 देशमानै निक्कै बिकसित मानिने इलाको ग्रामिण क्षेत्रहरुमा बिकासका सामान्य पुर्वाधारहरु बिजुली नपुगेकोले  कतिपय शहरी जनजीवनको लागि अनौठो र दुर्लभ मानिने परंपरागत उपकरणहरु नै जीवन निबाहको साधन बनिरहेको छ ।
 अहिले परंपरागत उपकरणहरु ढिकी , जाँतो प्राय बिस्तापितनै भएको भएपनि रोङ गाउपालिका वडा नं ५ का नागरिकहरुले दैनिक जीवनमा यी सामाग्रीहरुनै उपयोगमा ल्इाउने गरेका छन् । त्यसोत उनिहरुले यी सामाग्रीहरुको संरक्षणका लागि वा अन्य कुनै कारणले यसको प्रयोग गरेका होइनन् हालसम्म गाउमा बिजुली बत्ती सम्म नपुगेको कारण यीनै परंपरागत सामाग्रीहरुको प्रयोग गरिने गरेको रोङ ५ का प्रकास भण्डारीले बताए । उनको घरमा मात्र हैन सिङ्गो गाउका घरमा अहिले पनि ढिकी जातोकोनै प्रयोग हुने गरेका रोङ ५ का लिला राइको भनाइ रहेको छ । उनिहरुको गुनासो छ गाउमा बिजुली आएको भए मिल बनाउथे होला, सानो आकारको मिक्चर मेसिन घरमै हुने हुदा जातोको प्रयोग कम हुने र समय  अनि परिश्रम समेत कम हुने थियो ,तर बिजुली नहुदा अहिले सम्म यसरी नै चलाउनु परेको छ ।
 झापाको बुद्धशान्ति र मेची नगरपालिका सगै जोडिएको साबिक इरौटार गाबिस हालको रोङ ५ का धेरै स्थानमा अहिलेसम्म बिद्युतीकरण नहुदा जनजीवन कस्टकर रहेको छ । यस बारेमा वडाध्यक्ष युबराज खाप्तुवा राइसग कुरागर्दा रोङ ५ मा गत बर्ष बिद्युतीकरणको लागि बिनीयोजीत ३२ लाख रकम रहेकोमा बिबिध कारणले धेरै काम हुन नसकेपछि अधुरा कामहरु यो बर्ष गरिने बताउनु हुन्छ । रोङ ५ का चिसापानी सिरान,बरबोटे, मालबासे, सुनपानी, जीरिखिम्ती लगायतका गाउहरुमा बिजुली बाल्ने योजना रहेको र यसबर्ष गाउपालिकाबाठ ४५ लाख,जिल्लाबाट ४१ लाख र संसद बिकास कोषबाट २० लाख गरिएक करोड ६ लाख रकम बिद्युत बिस्तारको लदागि बिनियोजन गरिएको बताए ।
 यता रोङ गाउपालिकाले उज्ज्यालो रोङ परिकल्पना गरेको भएपनि अहिलेसम्म झापाको सिमावती स्थानहरुमानै बिजुली उपभोग गर्न नपाउदा आफुहरु निरास बनेको रोङ ५ का गुणराज पकुवालले बताए , मानव जिबनको लागि अभिन्न बनेको बिजुली नहुदा आधुनिक प्राबिधिक ससारबाट अलग्गै बस्नुपर्ने बाध्यता रहनेहुदा  सबै तहका सरकारले यसबारेमा तुरुन्तै ध्यान दिनुपर्ने नागरिकहरुको अनुरोध रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता