खुदुनाबारी स्पोर्टिङले जित्यो तेस्रो जितपुर गोल्डकपको उपाधी

  • बिमल अधिकारी 

५ माघ देउमाइ : देउमाइ नगरपालिका इलामको जितपुरमा जारी तेस्रो पुरुष खुल्ला नकाउट जितपुर गोल्डकपको उपाधी खुदुनाबारी स्पोर्टिङ झापाले हात पारेको छ। फाल्गुनन्द स्पोर्टिङ लाइ २ का बिरुद्द ४ गोल गर्दै खुदुनाबारी बिजेता बन्यो भने फाल्गुनन्द स्पोर्टिङ ले उपबिजेतामा चित्त बुझाउनु परेको हो। 
खेलको उन्चालिसौ मिनेटमा खुदुनाबारीका जर्सी न ३२ का बबिन बोहोरले एक गोल गरेको लगत्तै फाल्गुनन्दका एघार नम्बरका दिपेश बर्देवा ले जवाफी गोल गरेका थिए। एक एक गोलको बराबरी अबस्था मै निर्धारित समय सकिए पछि त्राइबेकरमा खुदुनाबारिले चार गोल गर्दै जित सुनिस्चित गर्यो भने फाल्गुनन्दले दुइ गोल मात्र गरेको थियो।
म्यान अफ द सिरिज जितपुर युनाइटेडका राज कुमार लिम्बु भए भने खुदुनाबारीका समित मगर म्यान अफ द राइजिङ स्टार  घोशित भए ।यस्तै खुदुनाबारीका  सन्जय गुरुङ वेस्ट गोल किपर भए भने फाल्गुनन्दका राजुु बुढाथोकी म्यान अफ द म्याच बने। पानीटार स्पोर्टिङका हेम राइ लाइ सर्बाधिक गोल कर्ता को उपाधी प्रदान गरियो भने सिम्ले स्पोर्टिङलाइ फेयर टिम घोषित गरियो।
जितपुर सामुदायिक बिकास केन्द्रको आयोजनामा भएको  खेल बाट प्रथम हुने टिमले नगद रु एकलाख एघार हजार एकसय एघार, ट्रफि ,मेडल र प्रमाणपत्र त्यस्तै दोस्रो हुने टिमले नगद रु छैसठ्ठी हजार छ सय छैसठ्ठी , ट्रफि ,मेडल र प्रमाणपत्र पाएका छन। साथै उत्कृष्ट गोलरक्षक ,उत्कृष्ट खेलाडी, सर्बाधिक गोल कर्ता लाइ समेत ट्रफी मेडल र प्रमाणपत्र  प्रदान गरिएको छ। इलाम झापाका गरि सोह्र टिमको सहभागीता रहेको खेल स्तरोन्नति गरिएको जितपुर माबिको खेल मैदानमा पौष २५ बाट  सन्चालन भएको थियो।प्रथम पुरस्कारको प्रायोजन बुलेट चाउचाउले गरेको छ भने, म्यान अफ द सिरिज लाइ १० तोला बराबरको चादिको फुटबल गुड्लाइफ बिस्कुटले प्रायोजन गरेको बताइएको छ।
जितपुर सामुदायिक बिकास केन्द्रका अध्यक्ष गोपाल पौडेलको सभापतित्वमा भएको समापन कार्यक्रम को जिल्ला समन्वय समिती इलाम प्रमुख गणेस बरालको  प्रमुख आतिथ्यता , तथा को बुलेट चाउचाउका बजार ब्यबस्थापक बाबुराम पोख्रेलको  विशेष आतिथ्यतामा सम्पन्न भएको थियो। साथै सोहि कार्यक्रममा जितपुर सामुदायिक बिकास केन्द्रले  सबिक जितपुर गाबिस भित्रका पच्चिस जना बिपन्न स्थानीयलाइ जम्मा पन्ध्र हजार बराबरको न्यानो कपडा समेत बितरण गरिएको थियो।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता