
इलाम, १ माघः पराम्परागत रुपमा हरेक माघे सङ्क्रान्तिको अवसरमा इलामको माई र जोगमाई नदीको सङ्गमस्थल त्रिवेणीमा लाग्दै आएको माईबेनी मेला यो वर्ष पनि लागेको छ । सङ्क्रान्तिको दुईदिन अगाडिदेखि नै मेलाको रौनक शुरु भएको थियो । यो मेला दुई नदीको सङ्गमस्थलमा पर्ने माईजोगमाई गाउँपालिकाको वडा नम्बर ४ र माईबेनीमा रहेको शिवालय धामवरिपरि एक हप्तासम्म लाग्दछ ।

माईबेनी मेला भर्न इलाम जिल्लाका विभिन्न ठाउँका धर्मावलम्बी त आउँछन् नै छिमेकी भारतको दार्जिलिङ, सिक्किम, असाम लगायतका स्थानबाट पनि यो मेलामा भक्तजनहरु आउने गरेका छन् । त्यसरी भारतीय क्षेत्रबाट आउने भक्तजनहरु पनि माईबेनीमा रात बास बसेर मकर नुहाइ शिवालयको दर्शन गरेर मात्र फर्किने गर्दछन् ।

माईबेनी मेलामा मकर नुहाएर शिवालय धाममा दर्शन गर्ने धर्मावलम्बीका लागि विशेष ब्यवस्था गरिएको जनाइएको छ । यसअघि शिवालयमा बढी भीडभाड भएर मन्दिरमा पुग्न र निस्कन नै नसक्ने अवस्था भएको जनाएर यसपटक मन्दिर पुग्ने दुईतिरबाट बाटो निर्माण गरिएको छ । पहिलेको बाटोभन्दा अलग पक्की सिँडीको बाटो बनाइएको हो । माघे सङ्क्रान्तिकै दिन आइपुगेका धर्मावलम्बीले माई र जोगमाईको सङ्गममा मकर नुहाएर शिवालयको दर्शनसँगै पुजाआजा पनि गर्ने चलन छ । नदीको पानी बगेको छेउछाउमा उक्त दिन मकर नुहाउने र पूजाआजा गर्ने सयौँ समूहहरु देखिन्छन् । कतिपयले घरको शुद्धिशान्तिका लागि, कतिपयले भाकल



