डा केसीको उपचारका लागि विपी प्रतिष्ठानको विशेषज्ञ टोली इलाम आउने तयारीमा

इलाम,१ माघः विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशेषज्ञ टोली इलाम जान तयारी अवस्थामा रहेको छ । प्रतिष्ठानका निर्देशक गौरिशंकर शाहकाअनुसार विशेष विशेषज्ञको चिकित्सकीय टोली इलाममा अनसनरत चिकित्सक गोविन्द केसीको स्वास्थ्य उपचारका लागि जाने तयारीमा छ ।
तर, नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले कति खेर जाने निर्देशन दिन्छ सोहिअनुसार आफु तयारी भएको शाहले वताएका छन्  । ‘हामी मन्त्रालयको निर्देशन मात्र कुरीरहेका छौं, अरु सम्पुर्ण तयारी सकिएको छ । मन्त्रालयबाट निर्देशन नआए नैतिकताका आधारमा कुनै पनि समयमा हामी इलाम जान्छौ ’ उनले भने । तर, मन्त्रालयको निर्देशन आउने बुझेर नै टोली तयारी अवस्थामा रहेको स्रोतले बताएको छ । डा केसीका लागि भनेर आइसियुमा एउटा वेड समेत राखिसकिएको शाहले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता