राहसल सयोगार्थ कार्यक्रममा ८० हजार भन्दा वढी उठ्यो मनिसलाई एकलाख

इलाम, १९ पुसः  इलाम नगरपालिका वडा नं. ९ मा रहेको श्री राहसन वाल अनाथालय भवन निर्माण सहयोगार्थ वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रमका प्रमुख कलाकारको रुपमा अहिलेको चर्चित वाल कलाकार मनिस लिम्बूको साथमा गायक तथा संगितकार सुहाङ लिम्बूको साथै स्थानीय कलाकारहरु प्रस्तुति रह्यो ।
वाल गायक मनिस लिम्बूको घर निर्माणको लागि विभिन्न संघ संस्था व्यक्ति व्यक्तित्व सहयोगी महानुभावहरुबाट संकलित रु. एक लाख, एक हजार, एक सय, एकाउन रुपैयाँ मनिस लिम्बूलाइ हस्तान्तरण गरियो । 
 इलामको ठूलो टुडिखेलमा भएको कार्यक्रममा गेट प्रवेशका लागि कायम गरिएको इलामेली सहयोगि मनहरुले दिएको रकम रु. एकासी हजार बिस रुपैयाँ राहसल वाल अनाथालय भवन निमार्ण श्रोत व्यवस्थापन समितिका संयोजक चन्द्रवहादुर हाङखिम र वहाँका टिमलाइ हस्तान्तरण गरेको थियो । सुनुयुमा विकास संस्थाले गरेको कार्यक्रमा कर्याक्रम संयोजक वुद्धमायाँ सोयम्मीले  
सम्पूर्ण सहयोगी महानुभावहरुलाइ हृदयदेखिनै धेरै धेरै धन्यवाद व्याक्त गरेकोको पनि जानकारी गाराईन ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता