खड्काद्वारा नाराणस्थान मन्दिरलाई शिवको मुर्ति दान

इलाम, १३ माघः इलामका अग्रज समाजसेबी तथा नेपाली कांग्रेसका युवा नेता  डम्बर खड्रकाले इलाम नगरपालिकामा ७ मा अवस्थित नारायणस्थान मन्दिरलाई ४० केजीको रु ७५००० मुल्य पर्ने शिवको मुर्ति हस्तान्तरण गर्नुभएको छ । 
मन्दिरका पुजारी ज्ञानीराम पोखरेललाई आज मन्दिर  परिसरमा पुगेर खडकाकी धर्मपत्नि प्रमिला खडका समेतले  उक्त  मुर्ति प्रदान   गर्नुभएको हो । मुर्ति हस्तान्तरण गर्दे उहाले  आफुलाई धर्मप्रति आस्था भएको बताउदै यो मन्दिर इलामको ऐतिहासिक धार्मिक क्षेत्र रहेकोले  मन्दिरलाई इलाममा मात्र नभएर इलाम बाहिर पनि प्रचारप्रसार गर्नुपर्ने मा जोड दिदै आगामी दिनमा यस मन्दिरका लागि  आवस्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।जिल्लाका बिभिन्न मठमन्दिरमा बिगतदेखिनै सहयोग गर्दे आउनुभएका खडकाले क िसमय अघि मंगलबारे स्थित शिखरबाबो धाममा पनि मुर्ति हस्तान्तरण गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता