प्रदर्शनीबाट इलामकी प्रेमीका राना मगर सहित २१ जना पक्राउ (तस्वीर सहित)

इलाम, १३ माघः संसदमा कांग्रेसको विरोधको बाबजुद चिकित्सा शिक्षा विधेयक पारित गरिएको भन्दै मिनभवनमा प्रदर्शनीमा उत्रिएका नेवि संघका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले विभिन्न स्थानमा गरी २१ भन्दा बढी नेवि संघका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । डा केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै उनीसँग विगतमा भएको सहमतिअनुसार मात्रै चिकित्सा शिक्षा विधेयक पास गर्न जोड दिँदै संसद भवन अगाडि नाराबाजी गर्दै आएका छन् । आज विहान मात्र पनि नेविसंघले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको थियो ।

प्रदर्शनका क्रममा नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य प्रेमीका रानामगर सहित २१ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता