पर्यटकीय क्षेत्र सन्दकपुरमा विद्युत पुर्याउने योजना शुरु

इलाम, १६ माघः  प्रदेश नम्बर १ को पर्यटकीय गन्तव्य सन्दकपुरमा विद्युत सुविधा पु¥याउने काम शुरु भएको छ । संघीय सरकारले प्रदेश नम्बर १ को प्रमुख गन्तव्य घोषाणा गरेको सन्दकपुरमा विद्युत पुर्याउन नेपाल विद्युत प्राधिकरण र सन्दकपुर गाउँपालिकाले विद्युत विस्तार शुरु गरेका हुन् । भारतबाट वर्ष सयौँ पर्यटक पुगेपनि पर्यटकीय क्षेत्र सन्दकपुरमा सडक, विद्युत, खानेपानीको समस्या रहेको गुनासा पर्यटन व्यवसायीले गरेपछि विद्युत विस्तारको काम शुरु भएको नेपाल विद्युत प्राधिकरण इलाम शाखाका प्रमुख रविनबाबु घिमिरेले बताउनुभयो ।
विद्युत प्राधिकरण र सन्दकपुर गाउँपालिकाको संयुक्त लगानीमा पर्यटकीय क्षेत्र सन्दकपुरमा विद्युत विस्तार गरि मोटरबाट पानी तानेर खानेपानीको सुविधा पुर्याउने समेत योजना रहेको छ । विद्युत विस्तारका लागि नेपाल विद्युत प्राधिकरण इलाम शाखामा चालु आर्थिक वर्षमा ४२ लाख रुपैँया बजेट विनियोजन गरि काम शुरु भएको छ । प्राधिकरणको योजनालाई साथदिँदै सन्दुकपर गाउँपालिकाले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवत्ता गिरिराज खनालले बताउनुभयो ।

चालु आर्थिक वर्षमै विद्युत सन्दकपुरमा बाल्नका लागि साविक माइमझुवा गाविसबाट ७ किलोमिटर लामो विद्युत प्रशारण लाइन निर्माण हुने र थप बजेट आवश्यक पनि माग गरिएको विद्युत प्राधिकरण इलामका प्रमुख रबिनबाबु घिमिरेले बताउनुभयो । ४२ लाखको बजेट कार्यान्वयनका लागि टेण्डर आवाह्न गर्ने काम शुरु भएको र थप ६० लाख बजेट प्राधिकरणको केन्द्रिय कार्यालयमा माग गरिएको घिमिरेले बताउनुभयो ।
३ हजार ६ सय ३६ मिटरमा उचाईमा रहेको सन्दकपुर पर्यटकीय क्षेत्र नेपाल भारत सीमा क्षेत्रमा रहेको छ । ६० बढी हिमालका चुचुरा देखिने सन्दकपुर पर्यटकीय क्षेत्रमा भौगोलिक, जैविक र लोपउन्मुख वन्यजन्तुहरुको अध्ययनका लागि प्रख्यात मानिन्छ ।

लोकल सन्देशबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता