‘सोफा इम्पेरीयम प्रिमियम’उद्घाटन

बितामोड, १७ पुसः बिर्तामोडमा ‘सोफा इम्पेरीयम प्रिमियम’ फर्निचर सोरुमको उद्घाटन भएको छ । मंगलबार बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीले सोरुमको उद्घाटन गरे । बिर्तामोड नगरपालिकाका प्रमुख सिवाकोटीले स्थानीय स्तरमा खोलिएका यसप्रकारका सोरुमलाई नगरपालिकाले साथ र सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाए ।
अंग्रज नयाँवर्षको अवसर पारेर सोरुमको उद्घाटन गरिएको सञ्चालक प्रनिल धिमालले बताए । युवा व्यवसायी धिमालले ग्राहकको मागलाई ध्यानमा राखेर गुणस्तरीय फर्निचर सामाग्री उपलव्ध गराउने उद्देश्यले ‘सोफा इम्पेरीयम प्रिमियम’ सञ्चालनमा ल्याएको जनाएका छन् । १ करोड ४० लाख रुपैयाँको लागतमा सोरुम सञ्चालनमा ल्याइएको छ । 
सोरुममा अफिस, विद्यालय तथा घरायसी प्रयोजनका लागि गुणस्तरीय फर्निचर भएकोले सबैलाई उपयुक्त हुने धिमाल बताउँछन् । न्यूनतम दुई हजार ५०० देखि १ लाख ५० हजार रुपैयाँसम्मका  एलसेट सोफा, दराज, अफिस फर्निचर, आउटडोर फर्निचर, इन्टेरियर डिजाइनिङ, बेडरुम, डाइनिङ, अम्रेलासहितको राउण्डसेप, आउडडोर टेन्ट, आउटडोर अम्रेला लगायतका फर्निचर उपलव्ध रहेको मेनेजर पर्वत ओझाले बताएका छन् । चाइना र थाइलेण्डमा निर्मित फर्निचरका सामानहरु सोरुममा रहने बताइएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता