बुद्धशान्तिमा नवजात शिशुको शव फेला

बुद्धशान्ति, १७ पुसः बुद्धशान्ति गाउँपालिका–४ अमर बस्तीमा एक नवजात शिशुको शव जमिनमा गाडेको अवस्थामा फेला परेको छ ।
मंगलबार स्थानीय शंकर रेग्मीको सुपारीबारीमा गाडेको अवस्थामा नवजात शिशुको शव भेटिएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । बिहान घाँस काट्न गएका स्थानीयले गाडेको अवस्थामा शिशुको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शव गाडेको नजिकै रगत समेत देखिएकाले अवैध गर्भ राखेर नवजात शिशु फालिएको हुनसक्ने प्रहरीको अनुमान छ । शव आफन्तको पहिचान नभएकाले खोजीकार्य तथा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक टिकाबहादुर कार्कीले बताए ।
शवलाई पोस्टमार्टमका लागि मेची अञ्चाल अस्पताल भद्रपुर लगिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता