सेनाले बनाएको पुल तोडफोड

बलेवा, १७ पुस  : नेपाली सेनाले बनाएको कालीगण्डकी कोरिडोरको छोरेलौँवा खोलाको पुल तोडफोड भएको छ । जैमिनी नगरपालिका–७ जैदीस्थित यो खोलाको पुल सोमबार राति अज्ञात समूहले फोडेको स्थानीयले बताए । गत असारमा सेनाले निर्माण सकेर तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सो पुलको उद्घाटन गर्नुभएको थियो । 
क्षेत्रीको नामसहितको विवरण राखिएको शिलालेख र केही संरचना फुटालिएको भेटिएको नगरपालिकाका उपप्रमुख लीला रानाले बताउनुभयो । तोडफोड गर्ने समूहको खोजी भइरहेको प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो । 
कोरिडोर सेनाले निर्माण गरिरहेको छ । बिना कारण भौतिक संरचनामा तोडफोड भएको भन्दै उपप्रमुख लीला रानाले दोषीको खोजी गरी तत्काल कारवाही गर्नुपर्ने बताउनुभयो । “हामीले प्रहरीलाई खबर गरेका छौँ” रानाले भन्नुभयो, “तत्काल दोषी पत्ता लगाएर कारवाही गरिनुपर्छ” शिलालेख र त्यसको आसपासमा सिमेण्टले बनाइको पुलको केही भाग फुटेको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता