डा केसीसँगको सम्झौता कार्यान्वयन नगरे आन्दोलन गर्ने स्वास्थ्यमन्त्री यादवको चेतावनी

काठमाडौँ । डा गोविन्द केसीसँग गरिएको सम्झौता कार्यान्वयन गर्न उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सरकारसँग अाग्रह गरेका छन् । आफ्ना सिफारिस मन्त्रिपरिषद्मा अड्किएपछि उनले सरकार प्रति असन्तुष्टि समेत व्यक्त गरेका छन् ।
उनले गत जेठ १८ मा उपप्रधान एवं स्वास्थ्यमन्त्रीको सपथ लिएका थिए । संघीय फोरमका अध्यक्षसमेत रहेका मन्त्री यादव सरकारमा सहभागी भएको ८ महिनामै मन्त्रिपरिषद्को कार्यशैलीप्रति असन्तुष्ट देखिएका हुन् ।
सरकारले डा गोविन्द केसीसँग गरेको सम्झौता अनुरुप राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नल्याइएकोमा उनको असन्तुष्टि छ । गत साउन १० गते सरकार र डा गोविन्द केसीसँग १५ औं सत्याग्रहका क्रममा सम्झौता भएको थियो ।
‘आन्दोलन गरेर आएको हुँ । के ठेगान भोलि फेरि आन्दोलनमा जानुपर्ने हो ?’ ‘डा गोविन्द केसीसँग गरिएको सम्झौता इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्छ । चिकित्सा शिक्षा गुणस्तरीय हुनुपर्छ । यो खबर आजको अन्नपुर्ण पास्ट् दैनिकमा छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता