प्रदेशको नाम र राजधानी कसैको निर्देशनमा तोकिँदैन : मुख्यमन्त्री शेरधन राई

२० माघ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले प्रदेशको नाम र राजधानीको विषयमा कसैको निर्देशन र दबाबले नहुने स्प्रष्ट पारेका छन ।
उनले प्रदेशको नाम र राजधानी तोक्ने अधिकार प्रदेश सरकारको भएकाले त्यसका लागि प्रदेश सांसदहरु सक्षम रहेको बताए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलमा आइतबार संचारकर्मीहरुसँगको भेटमा मुख्यमन्त्री राईले भने, ‘यही अधिबेशनबाट प्रदेशले नाम र स्थायी राजधानी पाउने छ, प्रदेशको नाम र स्थायी राजधानी सहमतिबाट टुङ्याइनेछ ।’
उनले सबैको भावना प्रतिनिधित्व हुने गरी नाम र स्थायी राजधानी टुङ्गयाइने बताए ।
उनले आइतबारबाट सुरु हुने हिउँदे अधिबेसनमा महत्वपूर्ण ६ वटा विधेयक प्रदेशसभामा प्रबेश गराउने बताए । प्रदेशसभाको हिउँदे अधिबेशन आइतबारबाट सुरु हुँदैछ ।
अनलाइन खबरबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता