ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु ५ घाईते


काठमाडौँ माघ–२० धरान चतरा सडक अन्तर्गत मकवानपुरको वागमती गाउँपालिका – ४ पाँचपाण्डवमा शनिबार राति ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । पाँचजना घाइते भएका छन् ।

दुईजनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धीराज गुरुङले जानकारी दिए ।

झुरझुरेबाट सिन्धुलीतर्फ जाँदै गरेको सिमेन्ट र रड लोड गरेको ना ६ त ४४२ नम्बरको ट्रयाक्टर अनियन्त्रत भई सडकको दाहिनेतर्फ पल्टिँदा ट्रयाक्टरमा भएका ७ जना मध्ये दुईजनाको ज्यान गएको एसपी गुङले बताए ।

ज्यान गुमाउनेमा सिन्धुली जिल्ला हरिहरगढी गाउँपालिका ३ का ५५ वर्षीय हेमकुमार श्रेष्ठ र त्यही ठाउँका ५५ वर्षका बखतबहादुर राई रहेको प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिए ।

दुर्घटनामा त्यही ठाउँका ५५ वर्षका मोहन राई, १७ वर्षका शक्ति राई, ३५ वर्षका कृष्णबहादुर राई, २५ वर्षका चालक तिलकराज राई, तथा हेटौँडा १० की शिवमाया मगर घाइते भएका छन् । उपचारका लागि उनीहरुलाई भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता