
दुर्घटनामा ज्यान गुमाएकामध्ये चारजनाको शव घटनास्थल तारेभीर क्षेत्रबाट संकलन गरेर नेपाली सेनाको हेलिकोप्टरले सुकेटार विमानस्थलमा ल्याएको थियो ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित विमानमा सवार सातजनाको निधन भएको थियो। दुर्घटनामा परेपछि जलेकामध्ये दुईजनाको मात्रै शव चिनिने अवस्थामा छ ।
खराब मौसम र भिरमा भएको दुर्घटनाका कारण तीनजनाको शव बिहीबार बिहान मात्रै सुकेटार विमानस्थलमा ल्याउन सकिएको थियो। बुधबार रातभर हिमपात परे पनि ताप्लेजुङका डीएपी सञ्जयसिंह थापाको नेतृत्वमा घटनास्थलमै प्रहरीसहितको उद्दार टोली बसेको थियो ।
सातैजनाको शव राखिएको सुकेटार विमानस्थलमा अहिले हिमपात भइरहेको छ । पानी र हिमपातका कारण शव काठमाडौँ लैजाने हेलिकोप्टर उड्न नसकेको हो ।