विरोध प्रदर्शनमा महिला संघ


बिर्तामोड, २६ माघः नेपाल महिला संघले शनिबार देशब्यापी विरोध प्रदर्शन गरेको छ । सरकारको अधिनायकवादी शैलीका विरुद्ध सदन र सडकबाट चरणबद्ध आन्दोलन थालेको नेपाली कांग्रेस र सम्बद्ध संघ–संगठनको विरोध कार्यक्रम अन्तरगत नेपाल महिला संघले देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन तथा कोणसभा सम्पन्न गरेको हो ।

देशब्यापी कार्यक्रम अन्तर्गत झापाको बिर्तामोडमा पनि विरोध प्रदर्शन तथा कोणसभा सम्पन्न भएको छ । नेपाल महिला संघ झापाको आयोजनामा सम्पन्न विरोध प्रदर्शनमा सहभागी महिलाहरुले ‘सरकारको अधिनायकवादी शैली बन्द गर, संसदीय मर्यादा पालना गर, हत्या, हिंसा बन्द गर, निर्मलाका हत्यारालाई कारबाही गर, आकासिदो महङ्गी नियन्त्रण गर, चर्को मूल्य बृद्धि फिर्ता गर लगायतका नारा लगाएका थिए । 

बिर्तामोडको मुक्तिचोक आसपासमा  नाराजुलुससहित प्रदर्शनपछि आयोजित कोणसभा नेपाल महिला संघ झापाका अध्यक्ष सुशिला ढकालको सभापतित्वमा सम्पन्न भएको थियो । नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल महिला संघ केन्द्रीय सदस्य गोमा भट्टराईलगायतले बोलेका थिए । 

बक्ताहरुले अधिनायकवादी शैली छाडेर संसदीय मूल्य मान्यता अनुरुप चल्न सरकारलाई आग्रह गर्दै अत्यधिक मात्रामा बढेको कर घटाइनुपर्ने धारणा राखेका थिए । उर्मिला पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन टीका मैनालीले गरेकी थिइन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता