
इलाम, २७ माघः मेचीराजमार्गको देउमाई १ देउरालीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पाँचथरबाट इलाम आउदै गरेको को १ त ४२६७ न्ं. को ट्याक्टर गोलाईमा अनियन्त्रित भइ बाटोबाट तल झरी दुर्घट्ना हुदा चालक इलाम देउमाइ २ भदौरे बस्ने सुमन गुरुङको घट्ना स्थलमा नै मृत्यु भएको हो उक्त ट्याक्टर मा सवार इलाम ८ बस्ने लिला आचार्या वाया खुट्टा सुनिय र ताप्लेजुङ याङुदङ्वा ६ बस्ने रविन शंकर घाइते भएका छन् ।
घाइतेहरुको इलाम अस्पताल उपचार गरी थप उपचारको लागी झापामा उपचार भई रहेको छ । अवस्था सामान्य रहेको साथै मृतकको सव पोष्टमाटमको लागि इलाम अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।