राहसल बाल अनाथालय भवन निर्माण शुरु

इलाम, २७ माघः इलाम नगरपालिका ९ मा रहेको  श्री राहसल बाल अनाथालय भवन निर्माणको आज सिल्यानास कार्यक्रम सम्पन्न भएको छ ।
पूरानो भवन जीर्ण अवस्थामा रहेकोले बाल अनाथालयको भवन नयाँ निर्माण गर्ने अभियानमा भवन निर्माण श्रोत व्यवस्थापन समितिको आयोजनामा आज सिल्यानास कार्यक्रम सम्पन्न भएको हो । भवन निर्माणको सिल्यानास अनाथालयका अध्यक्ष राजेन्द्र चौहानज्यूले विधिवत रुपमा गर्नुभएको थियो ।
सिल्यानास कार्यक्रममा श्री पशुपति प्रसाद गण इलामका गणपति असिमदिप गुरुङ, भवन निर्माण स्रोत व्यवस्थापन समितिका संयोजक चन्द्र वहादुर हाङखिम लगायत सदस्य तथा सहयोगी दाताहरुको उपस्थिति रहेको थियो ।
भवन निर्माणमा अझै पनि रकमको अभाव रहेको र सहयोगी हातहरुलाइ सहयोगको लागि पनि राहसलको स्रोत व्यवस्थापन समितिले आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता