शैक्षिक सुधारको प्रयासमा रोङ गाउँपालिका, पुरानालाइ सम्मान र सवै कर्मचारीलाइ पोषक भत्ता

  • गोबिन्द पौडेल  

रोङ २७ माघः शिक्षाको गुणस्तमा सुधारनको लागि रोङ गाउपालिकाले पुराना शिक्षकहरुको सम्मानजनक विधाइको कार्ययोजना सञ्चालन गरेको छ ।
बीस बर्ष स्थाइ सेवा अबधि पुरा गरेका र आगामी बर्ष २०७६् ०७७ सम्ममा ६० बर्ष उमेर नागेर अनिवार्य अवकास पाउने देखी बाहेकका शिक्षकहरुले स्बेच्छिक अवकास लिन चाहेमा उनिहरुले अवकास लिदा दिर्ध सेवा पदक बाफत नगद पुरस्कारको ब्यवस्था गरि पुराना शिक्षकहरुलाई सम्मानजनक विधाइको कार्यक्रम संचालन गरिएको हो ।
चालु बर्षमा यसरी बिदा लिन चाहने शिक्षकहरुको लागि गाउपालिकाले रु. ५ लाख रकम बिनियोजन गरेर यस बारेमा सार्वजनिक सूचना प्रकासित गरिसकेपछि चारजना शिक्षकहरुले अहिले सम्म गाउपालिकाको शिक्षा शाखामा आबेदन गरेको र एकजना शिक्षकले अवकास समेत लिइसकेको श्रोत ब्याक्ति रुकमान सुब्बाले बताए । यसरी अवकास लिएका शिक्षकले  कर सहित रु ७० हाजार र २५ प्रतिसत लाभ कर कट्टी गर्दा ५२ हजार ५ सय रुपैया प्राप्त गर्ने भएका हुन् ।
पुराना शिक्षकहरुले तत्कालिन समयमा शिक्षा प्रदानमा उल्लेखनिय योगदान गरेको  भएपनि  अहिले आधुनिक  प्रबिधि नयाँ जोस र जाँगर नबिन्तम सिप र कलाको बिकास भएर समाजको माग अनुसार सोही प्रकारको शिक्षा आवश्यक महसुस गरिन थालिएपछि नया शिपहरुको आवश्यक्ता  गरिएपछि पुराना शिक्षकहरुले पु¥याएको योगदानको कदर गर्दै ससम्मान बिदाइ गदै शिक्षण सिकाइको पुस्तान्रण र नया जनशक्तिलाइ अवसररको कार्ययोजना ल्याइएको गाउपालिकाका अध्यक्ष समसेर राईले बताए ।
यता विद्यालयमा कार्यरत शिक्षकहरुले वार्षिक रुपमा पोषाक भत्ता पाउने गरेको भएपनि सोहि बिद्यालयमा कार्यरत कर्मचारी र बाल बिकास केन्द्रका शिक्षकहरुलाइ पोषाक बाफत रकम नदिने ब्यवस्ता भएपनि रोङ गाउपालिकाले भने बिद्यालयका सबै कर्मचारी र बाल बिकास केन्द्रका शिक्षिकाहरुलाई पनि यसै बर्षबाट   पोषक भत्ताबाफत रु ५ हजार रुपैया दिने निर्णय गरिएको छ । यसरी संघिय सरकारले कम पारिश्रमिक दिएर काम लागाइ रहेको कर्मचारीहरुलाइ गरेको बिभेद स्थानिय सरकारले हटाउने निर्णले कर्मचारीहरुको मनोबल उच्च राख्न प्रेरित गरेको लामिटार आधारभुत बिद्यालयका प्रधानाध्याप लाख बहादुर सावाले बताए । यता आफुहरुलाइ संघिय सरकारले गरेको बिभेद रोङ गाउपालिकाले संबोधन गरेकोमा आफुहरु उत्साहित भएको सरस्वती मा. बि रोङ ६ का कर्मचारी गणेशमान राईले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता