इलामका टीकाराम बाटैमा लुटिए

बिर्तामोड, २६ माघः  वैदेशिक रोजगारीबाट फर्कदैँ गरेका इलामका एक युवा बाटैमा लुटिएका छन् । इलाम फाकफोकथुम– २ का ३० वर्षीय टिकाराम लिम्बू बसको यात्रामा लुटिएका हुन् ।
कतारबाट काठमाडौँ फर्किएकै दिन बिर्तामोड आउने क्रमममा लिम्बु लुटिएका हुन् । उनको साथमा रहेको सुनको सिक्री, औठी र ३० हजार रुपैयाँ लुटिएको स्थानिय राजन लिम्बुले जानकारी दिएका छन् ।
नारायण घाटमा खाना खाएर पुर्व तर्फ लागेपछि लुटेराहरुले उनलाई बेहोस बनाएको बुझिएको छ । ना ७ ख ४३८८ नम्बरको बसमा उनी लुटिएको र घटनाका बारेमा बिर्तामोड प्रहरीलाई जानकारी गराइएको लिम्बुले बताए । 
टिकारामलाई बिर्तामोड बसपार्कमा बेहोस अवस्थामा भेटेर कन्काई अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता