चार दिन अघिदेखि मौसममा आएको परिवर्तन आईतबारबाट सुधार हुने


इलाम, २६ माघ चार दिन अघिदेखि भएको मौसम परिवर्तन आईतबारबाट सुधार हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले शनिबार साँझबाट नेपाली आकाशमा रहेको बदली हट्न शुरु हुने जनाएको छ ।
आईतबार पूर्वी नेपालका केही स्थानमा आशिंक बदली भइ वर्षा र हिमपात हुने भएपनि बाँकी भागका मौसम सफा रहने जनाएको छ ।
पश्चिमी बायुको प्रभावको बुधबारदेखि पश्चिम नेपालबाट बदलीसँग वर्षा र हिमपात शुरु भएको थियो । बिहीबार र शुक्रबार जस्तो काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा वर्षा भयो भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको थियो ।
आज दिउँसो देशको पूर्वी र मध्य भेगमा सामान्य बदली र पश्चिमी भेगमा आंशिक बदली रहने छ । जसको कारण मध्य र पूर्वी भेगका केही स्थानमा र पश्चिमी भागमा सामान्य वर्षाको सम्भावना छ । हिमाली भेगका केही स्थानहरुमा भने हल्कादेखि मध्यम हिमपातको संम्भावना रहेको महाशाखाले जनाएको छ ।
भोलीदेखी मौसमामा पूर्ण रुपमा सुधार आउने छ । भोली पूर्वी पहाडी भेगका १–२ स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भेगका १–२ स्थानमा सामान्य हिमपातको संम्भावना रहेको छ ।
यसैगरी इलामको लेकाली भेगमा हिमपात भएको छ । नयाँबजार, सन्दकपुर, छिनतापु, कुइभिर लागायतको पहाडमा हिमपमात भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता