इलाम, ६ फागुनः नेपाली सेनाले देशका विभिन्न ठाउमा समाजिक काम महत्वका साथ गर्दै आएको छ । त्यसतै सुनसरी जिल्लामा रहेको सबुज गणबाट अधिकृत सहित गएको ७० जनाको टोलीले इटहरी उपमहानगरपालिका ९ स्थित मुक्तिधाम बुढीखोलमा ड्याम निर्माण गर्ने कार्यमा फागुन ५ गते सहयोग गरेको छ । खोलामा ड्याम निमार्णको लागि नेपाली सेनाले श्रमदान गरेको हो ।