इलामको पशुपतिनगरमा भारतीय औषधी बरामद

इलाम, ७ फागुनः प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी गस्ति टोलिले इलाम जिल्ला सुर्योदय नगरपालिका २ बागविरे भन्ने स्थानमा अबैध रुपमा भारत बाट पैठारी गरी ल्याएको औषधी नयन्त्रण गरेको छ । 
अबैध रुपमा ल्याएका औषधीहरु ४ वटा कार्टुनमा प्याक गरी राखेको अबस्थामा फेला हो ।  उक्त फेला पारेको औषधीहरु वरामद गरी अनुसन्धान कार्वाहीको लागी औषधी ब्यबस्था विभाग बिराटनगरमा बुझाउनको लागी आवश्यक पहल भई रहेको छ । भने उक्त औषधीहरु कसले सो स्थानमा ल्याई राखेको भन्ने सम्बन्ध अनुशन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ छ ।
बरामद भएको आषधीहरुः-
१.Dermiwock oc cream-१,७५० पत्ता ।
२.Relief Gel -४३० पत्ता ।
३.Neurovit Tablets -७०० पत्ता ।
४.Cefixime Tablets ४०० पत्ता ।
५.Pantoprazole &Domperidon Tablets २,००० पत्ता ।
६.Labmox Tablets -१४० पत्ता ।
७. Thramadol Hydrochloride capsulws ip-१७०० पत्ता ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता